डडेल्धुरा । लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्न थालेपछि यहाँका चिन्तित भएका छन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ । अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले त्यहाँका किसान समस्यामा परेका छन् । सुरुमा हुर्कदै गरेको आलुको बोटमा कीराले सखाप पार्यो । बचेका केही बोटमा फल लागे पनि कीराले नष्ट पारिदिएर उत्पादन घटेकामा किसान चिन्तित भएका हुन् ।
वडा नं ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने कीराका लार्भाले पातमा क्षति पुर्याउनका साथै फलमासमेत खोप्टा मात्रै बाँकी राखेको छ । हाल जिल्लाभरि नै आलुमा यस्तो समस्या देखिएको पीडित किसानले बिताए । पाँच क्विन्टल बीउबाट ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन हुने यो क्षेत्रमा अहिले भने बीउ बराबरको मात्रै आलु उत्पादन भएको स्थानीय किसान शेरबहादुर थापाले बताए । कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत खेमराज पनेरुका अनुसार कीरालाई उपयुक्त हुने वतावरण मिलेका कारणले पनि आलु बाली नष्ट पारेको हुनसक्ने बताए ।
कीरामा विषादी सहन गर्न ससक्ने क्षमता बढेको र वातावरण पनि अनुकूलन हुँदै आएका कारण टुटा, खुम्ले, स्केल, फेद कटुवा, रातो कमिलाको प्रकोप बढेको पाइएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गरी कीरा तथा अन्य रोेग निरोपणका लागि विभन्न उपाय अपनाउन सकिने भएकाले यसबारे जानकारी लिन किसानलाई अधिकृत पनेरुले आग्रह गरेका छन् ।
आलु फल्नै लाग्दा कीराले फल सबै सखाप पारेकाले कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरी आलु बारीमा छर्न सुरु गरे पनि धेरै क्षेत्रफल जमिनमा सम्भव नभएको अर्का किसान ज्ञानुदेवी उप्रेतीको दुःखेसो थियो । उक्त नगरपालिकाका व्यावसायिक आलु खेती गरी जीविकोपार्जन गर्दै आएका किसान पनि यो पटक कीराको चपेटामा परेका हुन् ।आलुको बोट सबै कीराले नष्ट गरेको गुनासो गर्दै कृषक उप्रेतीले किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताए । व्यावसायिक रुपमा आलु खेती गर्ने किसानले वर्सेनि जोखिम मोल्दै आउनुपरेको छ । कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले कीराले आलु बाली नष्ट गर्ने गरेको उनीहरुको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्