नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा भएको छ । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुई बैंक १००ः९० को अनुपातमा मर्ज हुने सहमतिमा लेखिएको छ।
मर्जरपछि बन्ने नयाँ संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ भने अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पूँजी रु.१८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पूँजी रु. १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको छ।
मर्जरमा जाने भएपछि सोमबारदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्