×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका डेपुटी सीइओमाथि आपराधिक लाभको मुद्धा, नक्कली धितो राखेर दिएको ऋण अपचलनको आरोप !

डेपुटी सिइओमाथि नै अपराधिक लाभको मुद्धा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकका डेपुटी सीइओमाथि आपराधिक लाभको मुद्धा, नक्कली धितो राखेर दिएको ऋण अपचलनको आरोप !

Artha Sarokar

१२ मंसिर २०८२, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेलमाथि आपराधिक लाभ लिएको दाबीसहित कारवाहीका लागि पीडीतले अदालत गुहारेका छन् । हुँदै नभएको धितोउपर मिलेमतोमा ऋण दिएको, र सो ऋण मनोमानी ढंगले दुरुपयोग गरेको भन्दै डेपुटी सीइओ पोखरेलविरुद्ध पीडीतले काठमाडौँ जिल्ला अदालत गुहारेका हुन् । टिम्बर ग्रुप अफ इन्डष्ट्रिज, चितवनकी प्रोप्राइटर अनु भट्टराईले बैंककी डेपुटी सीइओ पोखरेलसहितकालाई हालेको मुद्धाको फिरादपत्र अर्थ सरोकारले फेला पारेको छ ।

सो मुद्धामा पोखरेलले आफ्नो कम्पनीको सामानहरु देखाएर अर्को कम्पनीको नाममा ऋण मिलाईदिएको र मिलेमतोमा लिईएको सो ऋण आफैँ अपचलन गरी कसुर गरेको दाबी गरिएको छ । आफ्नो कम्पनीको बैंकसँगको कारोबारका क्रममा पोखरेलसँग चिनजान भएको बताएकी भट्टराईले पोखरेलकै मिलेमतोमा रुवी खतिवडाले आफ्नो कम्पनीको स्टक देखाएर ऋण लिई, रकम दुरुपयोग गरेको र आफ्नो चेकहरुसमेत लिई त्यसको दुरुपयोग गरेको आरोप पोखरेललाई छ ।

अदालतमा बुझाएको फिरादपत्रमा भट्टराईले व्यवसायकै क्रममा मेरो उद्योगमा मुख्य जिम्मेवारी आफुले रुवी खतिवडालाई सुम्पिएको, बैंकिङ्ग कारोबारको क्रममा प्रभु बैंकबाट कारोबार गर्नु पर्छ भनी रुवी खतिवडाले भनेको हुँदा प्रभु बैंकबाट कारोबार गर्ने क्रममा मनिराम पोख्रेलसँग चिनजान भएको उल्लेख गरेकी छिन् । उनले आफ्नो कम्पनीमा भएको स्टक सामानहरु देखाई आफ्ना कम्पनीका नाममा प्रभु बैंकबाट आफूसँग नभएको धितो देखाई प्रतिवादी मनिराम पोख्रेलकै मिलेमतोमा करोडौं रुपैयाँ मेरो कम्पनीबाट लोन लिई आफ्नो जानकारी विना आफुलाई विश्वासघात गरी चेकहरु आफ्नो कम्पनीको जारी गर्ने मेरो कम्पनीबाट लिएका ऋणहरु आफूखुसी मनोमान ढंगबाट खर्च गर्ने गरेकोसमेत उल्लेख गरेका छन् ।

प्रभु बैंकमा पनि मुद्धामा उल्लेख भएको कम्पनीका नाममा ऋण गएको देखिन्छ । विभिन्न चेक काटेर सो रकम खर्च भएको बैंक विवरणमा प्रष्ट देखिन्छ ।


पोखरेलको स्वीकारोक्ति- ‘मुद्धा परेको साँचो हो, तर दाबी -‘मलाई फसाइयो’
यता, पोखरेलले पनि आफुविरुद्ध मुद्धा परेको साँचो भएको र आफुले फिरादपत्र बुझिलिएको स्वीकार गरेका छन् । यद्यपी उनले आफुले मिलेमतो गरेर हुँदै नभएको धितोउपर कर्जा दिएको कुरा भने साँचो नरहेको दाबी गरेका छन् ।

‘ममाथि मुद्धा परेको साँचो हो । फिरादपत्र पनि बुझिलिएको छु । तर प्रतिउत्तर फर्काएको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘मलाई मुछ्ने काम भएको छ । अहिले मौन छु ।’

आफ्नो हुँदै नभएको धितो देखाएर ऋण दिएको विषयमा पनि उनले आफु अहिले यस विषयमा नबोल्ने बताएका छन् । ‘ऋण कसरी गयो, कसले चलायो भन्ने विषय मलाई थाहा छैन । यस विषयमा मलाई थप बोल्नु नै छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘मुद्धामा भनिएको कम्पनीमा ऋण गएको कुरा सत्य हो । तर धितोको कुरा मलाई थाहा छैन ।’

आपराधिक लाभको केस पर्दा पनि भएन निलम्बन !
डेपुटी सीइओ स्वयमको मिलेमतोमा कमसल धितो राखेर ऋण दिएको विषयमा अदालतमा मुद्धा पर्दासमेत बैंकले भने यो विषय गुपचुप राख्न खोजेको पाइएको छ । यस विषयमा उनीसँग सोधीखोजी गरी उनलाई तत्काल निलम्बन गर्नुपर्ने ठाउँमा उनलाई डेपुटी सीइओकै रुपमा बैंकमा काम गर्न दिईएको छ ।

बैंकका सूचना अधिकारी रबिन्द्र ढकालले भने यस विषयमा आफुलाई केहि पनि थाहा नभएको दाबी गरेका छन् । ‘डेपुटी सीइओलाई नै आपराधिक लाभको मुद्धा परेको विषय मेरो नोटिसमा छैन ।’ ढकालले अर्थ सरोकारसँग भने, ‘आइतबार, म बुझेर खबर गर्न सक्छु । तर डेपुटी सीइओकै मिलेमतोमा नक्कली धितो राखेर ऋण दिईएको र सो रकम पोखरेलले नै चलाएको विषय मेरो जनाकारीमा छैन ।’

यता बैंकका केहि संचालकहरुले पनि यो विषय पोखरेलमात्र नभई समग्र बैंकसँग जोडिएकोले उनलाई तत्काल निलम्बन गरी छानविन गर्नुपर्ने र अदालतलाई पनि सहयोग गर्नुपर्ने बताएका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका एक संचालकले पोखरेलमाथि तत्काल छानविन सुरु गर्नुपर्ने माग आफुले उठाउने बताए । ‘आउँदो बोर्ड बैठकमा म यस विषयमा गम्भीर रुपमा कुरा उठाउँछु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ती संचालकले भने, ‘यो निकै गम्भीर विषय हो । डेपुटी सीइओकै मिलेमतोमा हुँदै नभएको धितो राखेर ऋण दिने कुरा कुनै हालतमा सह्य हुँदैन । पोखरेलजीलाई पनि तत्काल निलम्बन गरी छानविन सुरु गर्नुपर्छ । बाँकी के रहेछ, म बैंकमा बुझ्छु ।’

विवादैविवादको चंगुलमा पोखरेल
यसो त मनिराम पोखरेलमाथि लागेको यो आरोप पहिलो भने होइन । यसअघि पनि उनलाई ऋण दिंदा कमिसन लिने गरेको, बैंकका आन्तरिक सूचना चुहाउने गरेको, राष्ट्र बैंकका विभिन्न कर्मचारीलाई प्रभावमा पारी मनपरी गर्ने गरेको लगायतका आरोपहरु लाग्दै आएका छन् ।

तर, बैंकले बैंकको ब्राण्ड बदनाम हुने डरले पोखरेललाई हरेक गलत काममा जोगाउने गरेको आरोप बैंककै सिनियर कर्मचारीहरुको छ । पछिल्लो समय बैंकबाट सीआईबीले थुप्रै कागज अनुसन्धानका लागि लगेको छ । ती कागजहरु विस्तृतमा अध्ययन भए अरु थुप्रै केसमा पोखरेल फस्ने र उनी जेल जाने सम्भावना प्रवल रहेको कर्मचारीहरु बताउँछन् ।

यसअघि पनि पोखरेलले बैंकबाट ऋण उपलब्ध गराएबापत बिचौलियामार्फत ५ प्रतिशत कमिशन लिने गरेको विषय सार्वजनिक भएको थियो । एक ऋणीले जग्गा राखेर ५० लाख ऋण निकाल्ने प्रक्रिया स्वीकृत गराउन सहयोग गरेबापत उनले विचौलियामार्फत पाँच प्रतिशत कमिशन लिएको खबर सार्वजनिक भए पनि राष्ट्र बैंकका केहि कर्मचारीको पावर लगाएर उनलाई जोगाइएको तथ्य यस अघि नै सार्वजनिक भएको थियो ।

क्रमश: 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी