×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयपत्री हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाईन्छ भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार

PRIME CA

सयपत्री हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाईन्छ भर्न ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर असार २४ गतेसम्म पुर्याइएको हो । कम्पनले गत असार २ गतेबाट १ सय अंकित मूल्यमा ३ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार १६ गते हुने भनिएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयलाई आवेदन संकलन केन्द्र तोकिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: