×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डर : श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाइ छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : ६ असार २०७९, सोमबार

PRIME CA

लास्ट रिमाइन्डर : श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाइ छुट्नु त भएन ?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने असार ६ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको १५ लाख ९३ कित्ता आइपीओमा आवेदन दिने असार ६ गते सोमबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ लाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत हुने ११ लाख १५ हजार १ सय कित्ता छुट्याएको छ ।

साथै आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकको वडा नं १ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको ३ लाख ९८ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो । त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं.१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ७९ हजार ६५० कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा, श्वेत गंगा हाइड्रोपावरको आयोजनास्थाल लिखु तामाकोशी गाउँपालिका वडा नं २ र आयोजनास्थल लिखु तामाकोशी गाउँपालिका वडा नं ४ रामेछापबाट पनि आइपीओ भर्न सकिन्छ । साथै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: