Skip to content
LAXMI SUNRISE BANK

‘बजेट मैले लेखेको होइन…’ : अर्थमन्त्री (भिडियो)

अर्थ सरोकार

अर्थमन्त्री जनार्दन शर्माले सेयरबजारमैत्री बजेट आएको दाबी गरेका छन् । नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । पूँजीबजार सुधारका लागिनिकै महत्वपूर्ण बिषय बजेटमा समावेश गरेको दाबी गर्दै उनले बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका बिषयमा धारणा बनाउनसमेत आग्रह गरे ।

बजेट बक्तव्यको बुँदा नम्बर ३३२ मा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भनी उल्लेख गरिएको बताउंदै उनले यो बुँदा राम्रोसँग पढेर मात्र बजेटबारे धारणा बनाउन आग्रह गरे।

सुरुमा बजेट मैले लेखेको नभएको बताएका शर्माले तुरुन्त पुन: आफुले सबैको सहयोगमा बजेट निर्माण गरेको दाबी गरेका थिए । तरलताको समस्या यथावत रहेकाले आफुले पैसा खोजिरहेको उनको भनाई थियो । भिडियो हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK