झापा । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि वि.सं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ । नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्