काठमाडौँ। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १,३२,०००/- कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
आज २०७९ असार ०८ गते बुधवारका दिन मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्