चितवन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो । कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई वितरण गरिएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।
छोटो समयमा धेरै घाँस उत्पादन हुने र एक वर्षमा पाँच पटकसम्म घाँस काट्न सकिने हुँदा किम्बु घाँस प्रभावकारी रहेको उनले बताए । कार्यालयले नेपियर, स्मार्ट नेपियर, बदामे, नेपियर सिओ ३ र ४ लगायतका घाँसका बिरुवा निःशुल्क प्रदान गर्दै आएको सो कार्यालयले जनाएको छ । किम्बुका बिरुवा समूहमा दुई हजार पाँच सयका दरले र व्यक्तिलाई १०० देखि १५० का दरले प्रदान गरिएको छ ।
“थोरै क्षेत्रफलमा पनि धेरै घाँस उत्पादन गर्न सकिने हुँदा विभिन्न उन्नत जातका घाँसका बिरुवा किसानलाई प्रदान गर्दै आएका छौँ”, उनले भने “भेटेरिनरी अस्पतालले बीस हजार बिरुवा उत्पादन गरिरहेकाले उक्त बिरुवा पनि किसानलाई निःशुल्क वितरण गरिनेछ ।” कार्यालयका अनुसार कार्यालय परिसरमा राइखनियो दुई हजार ५००, निवारो पाँच हजार र रेड नेपियर एक हजार नर्सरीमा उत्पादन गरिरहेको उनले बताए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्