गलेश्वर । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने दोहोर्याउने बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताए ।
उनले भने, “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले मकै गोड्ने बेला बेनीमा मल नपाएपछि त्यत्तिकै मकै गोडेको बताउँदै भने, “बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उनले असारको दोस्रो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भए पनि मल नपाउँदा सास्ती भएको उनले बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु”, उनले थपे ।
मल खरिद गर्न तीन/चार पटक बजार धाउँदा मल नपाएको भकिम्ली तोराखेतका डिलबहादुर सापकोटाले बताए । “रासायनिक मल नपाए पछि गोबर मल नै प्रयोग गरेर हिजो बीउ राखेँ, चाहिएको बेला मल कहिल्यै पाइँदैन, कृषकको समस्या कहिल्यै समाधान हुने भएन”, सापकोटाले भने । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । म्याग्दीमा वार्षिक एक हजार दुई सय मेट्रिक टन युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्