पाँचथर । याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ । कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर ९सुवास० योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्र्याक्टर हस्तान्तरण गरे ।
कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्र्याक्टर वितरण गरिएको हो । रु. १२ लाख ५८ हजारको लागतमा १७ थान ट्र्याक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताए । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्