×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

याङवरकका कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

याङवरकका कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण

Artha Sarokar

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाँचथर । याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ । कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर ९सुवास० योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्र्याक्टर हस्तान्तरण गरे ।

कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्र्याक्टर वितरण गरिएको हो । रु. १२ लाख ५८ हजारको लागतमा १७ थान ट्र्याक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताए । रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी