×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको आजको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेका र हाल प्रमुख बालीका रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

“कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ”, निर्देशनमा भनिएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी