Skip to content
LAXMI SUNRISE BANK

लघुवित्त कर्मचारी मिलन केन्द्रद्धारा नवनिर्वाचित मेयर भट्टराईलाई शुभकामना !

अर्थ सरोकार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका खोटाङमा अवस्थित विभिन्न लघुवित्त बित्तिय सस्थाको छाता केन्द्र लघुवित्त कर्मचारि मिलन केन्द्र दिक्तेलले नबनिर्वाचित मेयर तिर्थराज भट्टराई लाई भेटि शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्त मिलन केन्द्रका अध्यक्ष रामाज्ञा रामको नेतृत्व मा नगरपालिका पुगेको टोलिले भेटेर सम्मान गरेको हो । सम्मानको क्रममा प्रमुख भट्टराईले लघुवित्तले गरेका राम्रा काम हरुको प्रसंसा गरेका थिए । नगर सधै हातेमालो गरेर अगाडि बढ्न तयार रहेको र समाजिक आर्थिक परिवर्तन का लागि लघुवित्तले खेलेको भुमिकामा सकरात्मक सहयोग गर्न सदैब तयार रहेको जानकरि गराएका थिए ।

हाल दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका मा ११ ओटा लघुवित्तका शाखा कार्यलय संचालनमा रहेका छन भने १२००० सदस्य संस्थामा आबद्द रहेका छन जस्मा ८००० सदस्यले करिब ५० करोड कर्जा लिई विभिन्न लघुउद्धम संचालन गरेको लघुवित्त मिलन केन्द्रका कोषाध्यक्ष विशाल भुसालले जानकारि गराए। लघुवित्त संस्थाहरुले कर्जा मात्र प्रवाह नगरि स्थानिय स्तरमा विभिन्न सामाजिक उत्तरदायित्व पुरा गर्नुको साथ साथै विभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै आएका छन्। पछाडि पारिएको क्षेत्रमा गए वित्तिय सेवा पुराउनुको साथै बचतको महत्व बुझाई बचत गर्ने बानिको बिकास समेत गराएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK