×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घटनास्थलमा छुटेको मोबाइलबाट खुल्यो रहस्य, ३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता !

GLOBAL IME BANK
SHREE KESH

घटनास्थलमा छुटेको मोबाइलबाट खुल्यो रहस्य, ३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता !

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको लैनचौरमामा भएको ३५ लाख लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको पाइएको छ । जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो ।

प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन । घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ । पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो । सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन् ।

घटनास्थलमा फोन खसेको अवस्थामा फेला परेको थियो । त्यही फोन बरामद भएपछि प्रहरीको संलग्नता भएको खुलेको हो । अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरले यस घटनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि डाँका चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: