×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेँसीसहर–चामे सडक अवरुद्ध, सास्ती भोग्न बाध्य यात्रु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बेँसीसहर–चामे सडक अवरुद्ध, सास्ती भोग्न बाध्य यात्रु

Artha Sarokar

५ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए ।

हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो । खरखरेमा मस्र्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ ।

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । गत वर्ष पनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेँसीसहर आएर काठमाडौँ, पोखरा गएका थिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप वि.सं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै वि.सं २०६९ मा सम्पन्न भएका थिए ।

यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ । इञ्जीनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे–बेँसीसहर सडक भासिएको छ भने तनहुँमा समेत पहिराले यस सडक अवरुद्ध भइरहेको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी