लमजुङ । पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नं. २ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ । गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिमी बढेको हो । चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर बिक र शालिमा बिकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताए । करिव ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उनको को भनाइ थियो।
राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताए । उनले भने, विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ । अर्का रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले घर भत्काएका थिए । घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन । त्यस्तै हिरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा पुगेको छ । सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासँपानी जाने सडक नै अवरुद्ध भइरहेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्