दोलखा । दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि रु. पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् । दुई नगरपालिका र सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु तथा पुँजीगततर्फ उक्त रकम विनियोजन गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले बजेट पेश गरे पनि विगु र शैलुङ गाउँपालिकाको बजेट अनुमोदन हुन बाँकी छ । जिल्लामा सबैभन्दा ठूलो बजेट भीमेश्वर नगरपालिकाले रु. ९० करोड ७० हजारको प्रस्तुत गरेको छ भने सबैभन्दा कम वैतेश्वर गाउँपालिकाले रु. ५५ करोड चार लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।
सबै स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । सडक निर्माण, भवन निर्माण, सिँचाइ स्वास्थ्यचौकी निर्माण, सामुदायिक भवन निर्माणजस्ता योजनालाई प्राथमिकतामा राखि योजना छनोट गरेको पाइएको छ । आगामी वर्षका लागि भीमेश्वर नगरपालिकाले रु. ९० करोड ७० हजार, जिरी नगरपालिकाले रु. ५६ करोड ६९ लाख ७८ हजार, कालिन्चोक गाउँपालिकाले रु. ७२ करोड १९ लाख ८० हजार, गौरिशङ्कर गाउँपालिकाले रु. ५६ करोड ९८ लाख ३५ हजार, बैतेश्वर गाउँपालिकाले रु. ५५ करोड ४ लाख ३० हजार, मेलुङ गाउँपालिकाले रु. ५७ करोड ६६ लाख २४ हजार, शैलुङ गाउँपालिकाले रु. ६० करोड दुई लाख १० हजार, रु. तामाकोशी गाउँपालिकाले रु. ६५ करोड ५ लाख ६४ हजार र विगु गाउँपालिकाले रु. ५५ करोड ४२ लाख ७० हजारको को बजेट प्रस्तुत गरेका हुन् ।
भौतिक पूर्वाधारतर्फ भीमेश्वरले ३४ करोड ३१ लाख २३ हजार अर्थात कूल बजेटको ३८दशमलव १२ प्रतिशत विनियोजन गरेको छ । यसैगरी कालिञ्चोकले प्रस्तुत गरेको बजेटमध्ये ६० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाएको छ । रु. ५६ करोड ९८ लाख ३५ हजारबराबरको बजेट सार्वजनिक गरेको गौरिशङ्करले पालिका र वडाको पूर्वाधार विकासतर्फ मात्रै कूल रु. १० करोड ९१ लाख बजेट प्रस्ताव गरेको छ । रु. ५५ करोड ४ लाख ३० हजारको बजेट पेश गरेको बैतेश्वरले पालिकास्तरीय सडक कालोपत्र गर्नेसम्मको योजना अघि सारेको छ । गतवर्ष देखिनै पालिकाभित्रका मुख्य सडक कालोपत्र सुरु गरेको वैतेश्वरले पूर्वाधार विकासमा सबैभन्दा बढी रु. १० करोड ६० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव छ । मेलुङले भौतिक पूर्वाधार निर्माणका लागि रु. २३ करोड ३३ लाख छुट्याएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्