Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक भरत कुमार नेपालले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK