काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले मिति २०७९/०२/३० गते ९ औँ बर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरी ९ औँ वार्षिक उत्सव मनाएको छ । संस्थाको पन्च बर्षीय योजनामा वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्युनीकरणको लागि वृक्षारोपण गर्ने कुरालाई सार्थकता दिँदै संस्थाले विभिन्न थरीका १५०० भन्दा बढि विरुवाहरु रोपेको थियो।
स्थानिय निकायका नवनिर्वाचित जनप्रतिनिधहरु, स्थानिय प्रशासन, वन उपभोक्ता समितिका सदस्यहरु, संस्थामा अवद्ध सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुको उल्लेखिय सहभागीतामा देशभरीका विभिन्न विधालय परिसर, मठमन्दिर आसपास, सार्वजनिक स्थानहरु र सामुदायिक वनक्षेत्रमा वृक्षारोपन गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले ९ औँ बार्षिक उत्सवको अवसरमा वृक्षारोपणमा कर्मचारीहरुले देखाएको सकृयताको लागि कर्मचारीहरुलाई धन्यवाद दिदै सम्पुर्ण जिवजन्तु, समाज र विश्व वातावरणलाई नै प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने वृक्षारोपण कार्यक्रम हरेक वर्ष गरिने जानकारी दिएका थिए ।
यस्तै, ९औँ बार्षिक उत्सवकै अवसरमा संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी तथा विधालय प्रशासनको उपस्थितिमा विष्णुपुर गाँउपालिका बडा नं. ६, गोरगाम, सप्तरी स्थित श्री रुद्र माध्यामिक विधालयमा संस्थाको संलग्नतामा रु. ६ लाख बराबरको आधुनिक शैचालय तथा खानेपानी निमार्ण गरी विधालयलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीले, “संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको शौचालय र खानेपानीले विधार्थी तथा विधार्थीको परिवारलाई स्वस्थ रहन धेरै मदत गर्ने छ । संस्थाले यस किसिमका सामाजिक कार्यक्रमहरु भविष्यमा पनि निरन्तर गरिरहने छ” उनले भने।
यसका साथै केन्द्रीय कार्यालयले बार्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय रहेको अग्नीसरवण–६, सप्तरीको बडा कार्यालयलाई २० वटा फोहोर व्यवस्थापनको लागि डस्बिन उपलब्ध गराएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लि. ले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७,००० सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्