×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री खुला, आयोजना प्रभावितहरुले यी स्थानहरुबाट आवेदन दिन सक्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री खुला, आयोजना प्रभावितहरुले यी स्थानहरुबाट आवेदन दिन सक्ने !

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज असार १ गते बुधबारदेखि आइपीओ बिक्री खुला गरेको छ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण सेयर स्थानीयलाईबिक्री खुला गरेको हो । उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएको खण्डमा असार ३० गतेसम्म आवेदन दिन सकिने भएको छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी