×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल-एनबि प्राप्तिमा उठेका सवालमा मनोज ज्ञवालीको जवाफ – ‘सबै कुरा म्यानेज हुन्छ, हामी उन्नत जातको नबिल बन्नेछौँ’

काठमाडौँ । नबिल बैंक लिमिटेडका महाप्रबन्धक मनोज ज्ञवालीले नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गर्दा देखा परेका कर्मचारीसँग सम्बन्धित सबै विषय उचित तरिकाले समाधान गरिने बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले सबैले जित्नेगरी नै कर्मचारीको समायोजन हुने र यसमा कुनै पनि खालका शंका उपशंका नगर्न अनुरोध गरेका छन् । उनले कसैलाई काखा र कसैलाई पाखा गर्ने नीति नरहेको स्पष्ट पार्दै नबिल बैंकलाई नम्बर १ बनाउन थप परिस्कृत भएर काम गर्नेसमेत बताएका छन् ।
साथै उनले नबिल बैंकले एनसीसी बैंकलाई मर्ज गर्न लागेको विषयमा भने पछिल्लो बिकास केहि पनि नरहेको र बाहिरका हल्ला, फगत हल्ला भएको स्पष्ट पारेका छन् । ‘एनसीसी बैंकमात्र किन ? जुनसुकै बैंकसँग पनि कुराकानी हुन सक्छ र कुरा अगाडी बढ्न सक्छ । तर अहिलेचाहिं हामी नेपाल बंगलादेश बैंकलाई नै प्राप्ति गर्ने अन्तिम चरणमा छौं । एनसीसी बैंकसँग कुनै पनि प्रक्रिया अगाडी बढेको छैन ।’ अन्तर्वार्तामा उनले भनेका छन् ।
कर्मचारी समायोजनको विषयमा सोधिएको प्रश्नमा उनले नबिलमा पनि लामो समय बढुवा नभएका धेरै साथीहरु रहेको र मर्जर-प्राप्तिका नाममा उनीहरुको पनि चित्तदुखाई हुन नहुनेसमेत स्पष्ट पारे । ‘हाम्रा साथीहरु पनि बर्षौं यहाँ काम गरेर बढुवा नहुनुभएको साथीहरु हुनुहुन्छ । उहाँहरुलाई पनि त न्याय हुनुपर्यो नि ।’ उनले भनेका छन् । साथै उनले देखिएका सबै खालका समस्याहरु समाधान गरेर अव फलानो नेपाल बंगलादेश बैंक र हामी नबिल बैंक भनेर नभई सबै मिलेर उन्नत जातको नबिल बैंक बनाउनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कुराकानीका क्रममा एनबी र नबिलबीचको प्राप्तिका क्रममा उठेको डिडिएका विषयमा पनि उनले जवाफ दिएका छन् । डिडिएपछि मात्र स्वाप रेसियो फाइनल हुनुपर्नेमा किन र कसरी अगाडी नै स्वाप फाइनल भयो त ? भन्ने प्रश्नमा उनले उपलब्ध कागजपत्रको अध्ययन, राष्ट्र बैंकको अडिट, बैंकहरुको अडिट लगायतका विषयको अध्ययन गरेर आफुहरुले यतिसम्म स्वाप रेसियो हुन सक्छ भन्ने तय गरेको र डिडिए आएपछि त्यसको सोहि अनुसार अगाडी बढेको दाबी गरेका छन् । आफु यसअघि पनि संस्था मर्जर र प्राप्ति गरेको अनुभव भएको व्यक्ति भएकाले आएका सबै समस्याबारे आफुले बुझेको र आउन सक्ने समस्याका लागि पनि आफु तयार भएको उनको तर्क छ । प्रस्तुत छ सहकर्मी सुरज प्याकुरेलले उनै मनोज ज्ञवालीसँग गरेको भिडियो कुराकानी

:https://www.youtube.com/watch?v=5lWWRpw_E9E

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: