Skip to content
LAXMI SUNRISE BANK

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा अव्यवहारिक छ, दाँत फुकालेर निर्माण गर्न मिल्दैन’ :पर्यटनमन्त्री आले

अर्थ सरोकार

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्ने कुरा अव्यवहारिक रहेको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले अव्यवहारिक करा नर्गन र नउफ्रिन मन्त्रीहरुलाई चेतावनीसमेत दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै पर्यटनमन्त्री आलेले यस्तो बताएका हुन् । उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताए । उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने पनि बताएका छन् ।

उनले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्नसमेत गरेका छन् । मन्त्री आलेले विमानस्थल निर्माणमा ३ अर्ब र फास्टट्रयाकका लागि २ अर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाए छन।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK