×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता आज हुँदै !

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता आज हुँदै !

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । उक्त दुई बैंकबीच आज शुक्रबार ३ बजे मर्जर सम्झौता हुने भएको हो ।

हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाडिएपछि कोहिसँग मर्जरमा जानैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई जोडीको रुपमा रोजेको छ । झन्डै १५ दिन भएको व्यापक छलफल पछि अन्ततस् मेगा र इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहने भएका छन् । मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर हुनेगरी मर्जर सम्झौता हुन लागेको हो ।

इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ । इन्भेष्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय हुने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: