काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आगामी आउँदो साउनदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने घोषणा गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अहिले मर्जरमा जाने सबै कम्पनीको सेयर कारोबार रोक्का हुने गरेको छ । तर अव बैंक तथा वित्तीय संस्थाबाहेकका कम्पनीमा कुनै पनि कम्पनीको सेयर कारोबार नरोकिने र बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकलाई नीतिगत व्यवस्था परिमार्जन गर्नका लागि पहल गर्ने हमालको भनाई थियो ।
‘अहिले कम्पनीको मर्जरको नाममा महिनौं, वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ । अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन । यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं’ पत्रकार सम्मेलनमा उनले भने, ‘आउँदो साउनदेखि अव मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का हुँदैन। ‘
अहिले मर्जरको तयारीमा गएका विभिन्न कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको हकमा मर्जर तथा प्राप्तिको सम्झौता गरेपछि सेयर कारोबार रोक्का हुनुपर्ने नीतिगत व्यवस्था भएपनि अन्य कम्पनीहरुको हकमा भने लहडकै भरमा नेप्सेले सेयर कारोबार रोक्का गर्ने गरेको छ । कम्पनीबाट सेयर कारोबार रोक्काको चिठी आएकै भरमा नेप्सेले बर्षौंदेखि लगानीकर्ताको सम्पति बन्धक बनाउँदै आएको छ ।
यसका लागि नीतिगत व्यवस्था गर्न बोर्ड कस्सिएर लागेको बोर्डका अध्यक्ष हमालको भनाई छ । हमालले यसअघि पनि मर्जर तथा प्राप्तिका नाममा हुने यस्तो काम गलत भएको टिप्पणी गर्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्