Skip to content
LAXMI SUNRISE BANK

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध, बाहुनेपाटीको पुलको प्रयोग गर्न आग्रह

अर्थ सरोकार

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।

गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएका थिए । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन् ।

“अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, वैकल्पिकरूपमा बाहुनेपाटीको पुल प्रयोग गर्न सकिन्छ”, प्रमुख तामाङले भने, “फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ ।” –रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK