सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए । उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए ।
स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रुपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
उनले भने, “अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पुर्याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।” अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्