काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गरे ।
‘यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयोस्,’ उनले भने, ‘फेरि हामी एमालेका तर्फबाट उनका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उनको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौँ, आजको कार्यसूचीबाट यो हटाइयोस्, त्यसपछि मात्रै हामी अरू मन्त्रालयसँग सम्बन्धित कुरामा छलफलमा सहभागी हुन्छौँ ।’ प्रतिपक्ष दलका सांसदको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफूले सांसदहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जानकारी गराउँदै बैठक सञ्चालन गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्