काठमाडौं । एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड म्युचुअल फण्ड युनिटमा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्ने भएका छन् । यसले जेठ १९ गतेबाट एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड बिक्री खुला गरेको हो । यस फन्डले १० करोड इकाई निष्कासन खुला गरेको हो । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फण्ड जारी गरेको छ ।
कुल १० करोड इकाईमध्ये बीज पुँजीवापत न्यूनतम १ करोड ५० लाख अर्थात् १५५ इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गरेको छ । यो ७ वर्षे बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्