काठमाडौँ । देश भरिका अटोमोवाइल्स व्यवसायीहरुको केन्द्रिय संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।
नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहि अनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भईसकेको थियो तर सो सहमती विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बृद्धि गर्नुका साथसाथै ६-६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएकोमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्