×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि सहकारी मन्त्रालयको सहयोगमा नमूना भेडा स्रोत केन्द्र स्थापना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृषि सहकारी मन्त्रालयको सहयोगमा नमूना भेडा स्रोत केन्द्र स्थापना

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए।

वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र शुरुवात गरिएको छ । उनका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडापालनलाई स्तरवृद्धि गरी केन्द्र स्थापना गरिएको हो । तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडापालक समूह छनोटमा परेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरवार कार्य सम्पन्न भइसकेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु. आठ करोड र अन्य चालु खर्च गरी करिब रु. ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु. दुई करोड ८० लाख निकासा भएको छ ।

ईन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिवरि जालीसहितको घेरवार सम्पन्न भइसकेको छ । उनका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेका थिए । अहिले बढेर २०० पुगेका छन् । केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको ईन्जिनियर शाहीले जानकारी दिए । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी