×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

‘लास्ट रिमाइन्डर’ : एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन !

काठमाडौं। एनसीसी बैंकको संस्थापक सेयर लिलामी आवेदन दिने आज बुधबार (असार १५ गते) अन्तिम दिन रहेको छ । बैंकले असार १ गतेदेखि कम्पनीको २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने भएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ तोकिएको छ र सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: