काठमाडौँ । नेपाल बैंकले “आर्थिक सम्बृद्धिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ । मिति २०७९ जेठ २३ गते प्रधान कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थितिमा उक्त पुस्तिका बिमोचन गरिएको थियो ।
बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुकोसमेत भर्चुअल रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीता बाट नै आर्थिक सम्बृद्धि हुन सक्ने विचार व्यक्त गरे । सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन वमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको धारणा व्यक्त गर्दै यस पुस्तिकाले वित्तीय साक्षरता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले वित्तीय साक्षरता वित्तीय समाबेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबध्ता व्यक्त गरेका थिए।
नेपाल राज्यभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ। विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँग आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको पाईन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्