काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७९ जेठ ३ र ४ गते काठमाडौँको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागिहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको बर्तमान अवस्था र संभावनाहरु सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
बैंकले सम्पूर्ण प्रदेशहरुमा प्रदेशस्तरीय बजेट गोष्ठीहरु सम्पन्न गरी सम्पूर्ण शाखाहरुबाट आएका सल्लाह सुझाबहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारीता बढि हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गरेका थिए ।
सम्पूर्ण नेपालीहरुमा सरल,सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रमहरु तर्जुमा हुने बिश्वास समेत उनले व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु लक्ष्मण पौडेल, विश्वराज बराल, प्रकाश कुमार अधिकारी, होम बहादुर खड्का, काठमाण्डौ बैंकिङ अफिस प्रमुख, प्रादेशिक कार्यालय प्रमुखहरु र प्रधान कार्यालयका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्