×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

Artha Sarokar

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा पनि बढाएका छन् । नेपाल वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । नयाँ भाडादरमा १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्म वृद्धि भएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ-धनगढीको भाडा रु ८४० बढेको छ ।

अब काठमाडौं-धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । काठमाडौं-सिमराका लागि १७० रुपैयाँले भाडा बढाएर ४ हजार १९५ पुर्याएको छ । यस्तै काठमाडौं-भरतपुर ४ हजार ९३५ रुपैयाँ कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी