Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति शुद्धीकरण व्यवस्थामा संशोधन, उच्चपदस्थ व्यक्तिको खातामा निगरानी गर्न राष्ट्र बैंकको निर्देशन !

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्चपदस्थ व्यक्तिको खातामा निगरानी गर्न निर्देशन दिएको छ । बैंकले उच्चपदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैंकले आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

स्वदेशी उच्चपदस्थ व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापकास संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतका न्यायाधीश, राष्ट्रियस्तरका राजनीतिक दलका केन्द्रीय पदाधिकारीलगायत व्यक्ति बुझिन्छ ।

यस्तै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK