×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको कडाई : ‘केराउ, सुपारी, मरिच र छोकडाको आयात गर्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र बैंकको कडाई : ‘केराउ, सुपारी, मरिच र छोकडाको आयात गर्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने’

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, मरिच र छोकडाको आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यी ४ वस्तुको आयातमा कडाई गरेको हो । यस सँगै अब उद्योगले औद्योगिक प्रायोजनको लागि यी वस्तु आयात गर्दा पनि अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने भएको छ ।

नेपाल सरकारले नेपाल राजपत्रमा फागुन २६ गते सूचन प्रकाशन गरेर केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी