×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमबार दिउँसो ३ बजे बोलकबोल हुने

PRIME CA
GLOBAL IME BANK

२० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमबार दिउँसो ३ बजे बोलकबोल हुने

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि गरी कुल २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ ३० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । जुन २०७९ भदौ २८ गते परिपक्व हुनेछ ।

यसैगरी १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । जुन २०७९ मंसिर २७ गते परिपक्व हुने भएको छ । यस्तै १ वर्षको लागि ११ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको हो । जुन २८० जेठ ३० गते परिपक्व हुने भएको छ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: