×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीइओबारे प्रश्न उठेपछि र कर्मचारीको लफडा बढेपछि नबिल र बंगलादेश बैंकबीचको अन्तिम स्वीकृति रोक्का, अव के हुन्छ ?

काठमाडौं । नबिल बैंक लिमिटेडका कर्मचारीले बढुवा हुनुपर्ने माग राख्दै आन्दोलन थालेपछि र नयाँ आउने भनिएका सीइओले गैरकानुनी काम गरेको भन्दै प्रश्न उठेपछि नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ ।

‘एक त कर्मचारीको विवाद देखियो । अर्कोतर्फ अर्थ सरोकारले बिहिबार विहान प्रकाशन गरेको समाचारप्रति राष्ट्र बैंकको विशेष ध्यानकार्षण भयो । यस विषयमा छानविन गर्नुपर्नें पनि देखियो । त्यसैले हाललाई अन्तिम स्वीकृति रोकेका छौं । कर्मचारी विवाद पनि टुंगो लगाउनुपर्नेछ र सीइओको बारेमा पनि गम्भीर भएर सोच्नुपर्नेछ। “राष्ट्र बैंक स्रोतले भन्यो, “३ दिनसम्मका लागि स्वीकृति रोक्ने छलफल भएको छ । सबै कुरा टुंग्याएर सम्भवत मंगलबारमात्र अन्तिम स्वीकृतिबारे टुंगो हुन्छ ।”

नेपाल बंगलादेश बैंकका तल्लो तहका कर्मचारीहरुलाई समायोजन गर्न खोजेको भन्दै नबिलका कर्मचारी असन्तुष्ट छन् । उनीहरुले आफ्ना कर्मचारीको अवस्था हेरेर २ र १ तह बढुवा हुनुपर्ने माग राखेका छन् । नेपाल बंगलादेश बैंकका कुनै पनि कर्मचारी घटुवा नहुने भन्ने सहमति पछि नबिल बैंकका कर्मचारी थप शशंकित बनेका छन् । नबिल बैंकका कर्मचारीले राखेको माग लगायतका विषयको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकमा अहिले पनि विभिन्न तहका छलफल भईरहेका छन् ।

“दुवै पक्षलाई बोलाएर सहमति गरेर आउनु भनिएको छ । अव नबिल र एनबी मर्जरमा जान पहिला उनीहरुको झगडा मिल्नुपर्छ। ” राष्ट्र बैंक स्रोतले भन्यो। बिहिबार विहान अर्थ सरोकार डटकमले नबिल बैंकमा सीइओ हुन लागेका भनिएका ज्ञानेन्द्र ढुंगानाले नियम मिचेर नेपाल बंगलादेश बैंकबाट भत्ता बुझेको खबर प्रमाणसहित प्रकाशित गरेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: