काठमाडौँ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NIC ASIA Flexi CAP Fund) को प्रति इकाई मूल्य रु.१०/- अंकित दरको १० करोड इकाई मिति २०७९ जेठ, १९ गतेदेखि मिति २०७९ जेठ, २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन तथा बिक्री खुल्ला भएको दोश्रो दिनको साँझ ६ बजेसम्म कुल निष्काशन गरेको इकाईको ७२ प्रतिशत इकाई बिक्री भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको IPO मा साँझ ६ बजेसम्म ४० ,४३८ आवेदकबाट ७२ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । उक्त IPO बन्द हुने मिति यही २०७९ जेठ, २४ गते रहेको हुँदा उक्त म्युचुअल फण्डमा लगानी गर्न चाहाने लागनीकर्ताहरुले यही मिति २०७९ जेठ, २४ गतेभित्र इकाई खरिदको लागि निवेदन दिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।
उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो सेयर” सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।
उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्