×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसीले ल्याएको म्युचुअल फण्डमा लगानी गर्दैहुनुहुन्छ ? पर्खनुहोस् ! पछि नपछुताउन पहिला यी ७ तथ्य बुझ्नुहोस् !

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईहरुको विक्री खुला गरेको छ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड’ का इकाइहरु जेठ १९ गतेबाट बिक्री खुला गरिएको हो । कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका इकाइ बिक्री गरिन लागेको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक रुपमा बिक्री गर्नका लागिएको छ।
आइपीओ भन्नेबित्तिकै हतारिएर किन्ने धेरै लगानीकर्ताले यो म्युचुअल फण्ड पनि किन्ने देखिएको छ । अधिकांसले नबुझेर नै यो म्युचुअल फण्ड किन्ने अनुमान गरिएको छ । कारण यसबारे बुझ्ने लगानीकर्ताले यो फण्डमा लगानी कमैले गर्छन् । एक त कम्पनीले सार्वजनिक गरेको अघिल्लो म्युचुअल फण्डको अहिलेको मूल्य भन्दा महँगोमा यो नयाँ म्युचुअल फन्डमा लगानी गर्नुपर्नेछ भने अर्कोतर्फ अघिल्लोपटक कम्पनीले अघिल्लो म्युचुअल फण्डबारे गरेको प्रक्षेपणले पनि ‘हावा’ खाईसकेको छ । एक त घटेको बजारमा घातक हुने यस्ता म्युचुअल फण्डको लगानी र यस्ता फन्डमा गरिने लगानीभन्दा बढी रिटर्न कतिपय बैंकले मुद्दती निक्षेपमा नै दिईरहेको अवस्थामा बुझेका लगानीकर्ताले यस्तो म्युचुअल फन्डमा लगानी गर्ने देखिंदैन ।
कम्पनीले सार्वजनिक गरेको फण्डका इकाईहरु नबिक्ने डरले कम्पनीले जनताकै पैसाको समेत दुरुपयोग गरेर यो फन्डको प्रचार गरिरहेको छ । यस योजनामा सर्वसाधारण न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन पेस गर्न सक्नेछन् । यो योजनाको निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ । अघिल्लो पटकको फण्डमा समेत राम्रो रिटर्न दिन नसकेको कम्पनी भएकाले यो कम्पनीले निष्कासन गर्ने म्युचुअल फन्ड २४ गतेसम्म नै बिक्ने कुरामा शंका गर्ने ठाउँ छ । तर बुझेका पब्लिकले यो म्युचुअल फण्डमा लगानी नगर्ने भएपछी कम्पनी कसरी आफ्नो नाक जोगाउने भनेर आत्तिएको बुझिएको छ ।
आखिर यो फण्डमा लगानी गर्नुभन्दा पहिला के के कुरा बुझ्नुपर्छ त ?
१. पहिलो कुरा त यसलाई अरु कम्पनीको आइपीओजस्तो सोचेर भर्दैहुनुहुन्छ भने तपाईं नझुक्कीनुहोस् । यो आइपीओ कुनै कम्पनीको आइपीओ नभई म्युचुअल फन्डको आइपीओ हो । बजारमा १० रुपैयाँका दरले यो भन्दा राम्रो म्युचुअल फन्ड किन्न पाइन्छ । अहिले जताततै पैसाको हाहाकार भएको खण्डमा अनि सेयर बजार पनि तल्लो बिन्दु भएका बेला यस्ता म्युचुअल फन्डमा पैसा हाल्नु घाटाको काम हो भन्छन् सेयर बजारका जानकारहरु ।
२. दोश्रो, यो फन्ड निकाल्ने कम्पनी र कम्पनीको नेतृत्व हेर्न आवश्यक छ । यो कम्पनीले यसअघि निकालेको म्युचुअल फन्डमा पनि उसले भने अनुसारको रिटर्न दिन सकेको छैन । अहिले तपाईं १० रुपैयाँ प्रति इकाई तिरेर यो फन्ड किन्दै हुनुहुन्छ । तर त्यहाँ भन्दा पनि सस्तोमा सोहि कम्पनीले निकालेको अघिल्लो फन्ड मज्जाले बजारमा १० रुपैयाँ प्रति इकाईभन्दा सस्तोमा किन्न पाइन्छ । अर्कोतर्फ कम्पनीले यो फण्डले ११. सम्म न्याभको प्रक्षेपण गरेको छ । यसअघिको प्रक्षेपण फेल भएको कम्पनी भएका हुनाले अहिलेको प्रक्षेपण पास हुने कुनै आधार देखिंदैन ।
३. अहिले तरलताको समस्या बिकराल छ । तपाईंले राम्रो बैंकमा मुद्दतीमा पैसा राख्दा जति रिटर्न पाउनुहुन्छ, यो म्युचुअल फण्डले त त्यति पनि रिटर्न दिंदैन । अनि आफुसँग भएको पैसा त बरु मुद्दतीमै राख्दा राम्रो होला नि । होइन र ? यदी तपाईंलाई म्युचुअलमै लगानी गर्नुपर्ने छ भने त यो भन्दा पनि कति राम्रा राम्रा इकाईहरु यहाँ भन्दा सस्तोमा पाईराखिएका छन् ।
४. अहिले सेयर बजारमा थोरै मूल्यमा सार्है राम्रा कम्पनी किन्न पाइन्छ । अझ फण्डामेन्टल रुपमा बलिया कम्पनी किन्ने हो भने अवको डेढ बर्षमा दुई पटक रिटर्न खान पनि पाइन्छ । तर यो कम्पनीले निकालेको म्युचुअल फन्डमा त्यति फाइदा हुँदैन ।
५. यो फन्ड एनआईसी एशिया बैंक अन्तर्गतको फन्ड भएकाले यसले एनआईसी एशिया बैंकको सेयरमा लगानी गर्न पाउँदैन । पछिल्लो समय बैंकिङ क्षेत्रमा सबैभन्दा राम्रो पर्फर्मेन्स एनआईसी एशिया बैंकले गरिरहेको छ । अव त्यसमा नै लगानी गर्न नपाइने भएपछी यो म्युचुअल फन्डको रिटर्न यसै पनि राम्रो हुने छैन ।
६. म्युचुअल फन्ड सेफ लगानी त हो । तर सेफ भन्दैमा रिटर्न नै नदिने कम्पनीको इकाईमा लगानी गरेर भएको पैसा किन खेर फाल्ने ? यो प्रश्नको उत्तर तपाईंले आफैंलाई सोध्न जरुरी छ ।
७. कम्पनीले इकाईहरु नबिक्ने डरले सामान्य प्रक्रियासमेत पूरा नगरी, तपाईंले यो फन्डमा लगानी गर्नुभएको खण्डमा तपाईंलाई नै खर्च भार पर्ने गरी प्रचार प्रसारमा लागि परेको छ । सामान्य प्रक्रियासमेत पूरा नगरी, चन्दा बाँडेजसरी गरिएको प्रचारको कुरा अख्तियारसम्म पुग्ने डर पनि छ । जनताको पैसामा यसरी सीइओले मनपरी गरेको भन्दै कसैले धितोपत्र बोर्डमा उजुरी गरिदियो भने अर्को समस्या आउँछ । यतिसम्मकि म्युचुअल फन्डमा लगानी गर्नुपर्ने एक कारण सोध्दा पनि कम्पनीका सीइओले गतिलो जवाफ दिन सकेका छैनन् । कम्पनीका सीइओ रामेन्द्र रायमाझीले यस्तो फन्डमा किन लगानी गर्ने ? भन्ने प्रश्न सामाजिक संजालमा सोध्नेलाई छानी छानी ब्लक गरिरहेका छन् । यसले पनि फन्डको हैसियत के छ भन्ने कुरा बुझाउँछ ।   त्यसैले यो फन्डमा लफडा नै लफडा देखिने निश्चित छ ।
यति बुझ्दा पनि ‘होइन, म त लगानी गर्ने नै हो’ भन्नुहुन्छ भने  तपाईंले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नुहुनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिने सकिनेछ। सातवर्षे यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो।
(पहिला ५ तथ्य प्रस्तुत भएकोमा पाठकहरुको प्रतिक्रियाका आधारमा थप २ बुँदाहरु थपिएको हो।*)
यसअघि…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: