काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर नियम विपरित कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको छ । मंगलबार २७ वटै वाणिज्य बैंकका सीइओहरुलाई छलफलमा बोलाएर कर्जा विस्तारमा विचार पुर्याउन र नियम विपरित कर्जाको ब्याजदर नबढाउन राष्ट्र बैंकका उच्च अधिकारीहरुले निर्देशन दिएका हुन् ।
यस्तै राष्ट्र बैंकले असार मसान्तभित्र कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमा झार्नसमेत निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले बैंकहरुलाई जथाभावी रुपमा नाफा वृद्धि नगर्न समेत भनेकी छिन् ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी विनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्