×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावर कम्पनीले ६ लाख ३२ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

PRIME CA

पिपुल्स पावर कम्पनीले ६ लाख ३२ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पिपुल्स पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि असार ८ गते बुधबारदेखि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं.१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता सेयर बिक्री गर्ने भएको छ। यसैगरी, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गर्नेछ ।

यसमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम ५० हजार कित्तासम्मका आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्ने भएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: