×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेप्सीकोद्वारा नेपालमा विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पेप्सीकोद्वारा नेपालमा विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भ

Artha Sarokar

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भ गरे सँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ, जसले ग्राहकहरुलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ । ब्राण्डद्वारा नेपालमा पहिलो पटक “द स्टिङ्ग इनर्जी” प्रचार अभियान अघि बढाएको छ । यस अभियान अन्तर्गत एक नयाँ जीवन्त टिभिसि विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई अत्यन्त रचनात्मक एवम् रमाइलो तरिकाद्वारा दर्शाइएको छ ।

टिभिसिले रचनात्मक तवरबाट ग्राहकहरुलाई स्टिङ्गको ऊर्जाशील स्वादको आनन्द लिँदै उनीहरुको पललाई ऊर्जामय बनाउन हौस्याउँछ । फिल्ममा एकजना युवतीको कार हाइवेमा बिग्रीएर बसेको देखाइन्छ । एक युवक ती युवती छेऊ पुग्छ अनि उनलाई फेरि एकपटक स्टार्ट गर्न अनुरोध गर्दछ । तर स्टार्ट हुँदैन, यसपछि युवक आफ्नो कारसम्म गएर एक क्रेट चिसो स्टिङ्ग निकालेर ल्याउँछ, युवतीले युवकको यो क्रियाकलापलाई उत्सुकताका साथ हेरिरहेकी हुन्छिन् । टिभिसिले कसरी स्टिङ्गको मात्र एक घुँट लिनासाथ युवकमा ऊर्जा जागेर उसले केही अद्भूत चालहरुका साथ नृत्य गर्छ, त्यसपछि आफ्नो शरीरमा प्रवाहित ऊर्जाको शक्तिले युवतीको कार चार्ज गरिदिन्छ र युवतीलाई प्रभावित तुल्याउँछ अनि युवतीलाई देखिने गरी अचम्भित बनाइदिन्छ । फिल्म ब्राण्डको इनर्जाइजिङ्ग कोडलाई रचनात्मक तवरले दोहोर्याउँदै अन्त्य हुन्छ ।

बिक्री शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले भने “हामी हाम्रो इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएका छौं । स्टिङ्ग असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ । हामीलाई विश्वास छ, स्टिङ्गले देशभरका युवाहरुको मन मुटु, मस्तिष्क र स्वादमा राज गर्नेछ र यो नयाँ मनोरञ्जक अभियानले हाम्रा ग्राहकहरु जो सधैँ सक्रिय छन् उनीहरुसँग बलियोरुपमा प्रतिध्वनित हुन्छ।”

नयाँ स्टिङ्ग टिभिसि टिभि, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा प्रदर्शन गरिनेछ । अभियानलाई वर्षैभरी नै विभिन्न ग्राहक सम्पर्क केन्द्रहरु मार्फत् देशव्यापी रुपमा व्यापक बनाइनेछ । स्टिङ्ग २५० मिलिको प्याकमा नेपालका सबै आधुनिक एवं परम्परागत फुटकर बिक्रीस्थलहरु लगायत अग्रणी इ कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी