×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बदाम गोडमेल गर्दै म्याग्दीको किसान, बोयर जातको बाख्रापालन गर्दै धनबहादुर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : बदाम गोडमेल गर्दै म्याग्दीको किसान, बोयर जातको बाख्रापालन गर्दै धनबहादुर

Artha Sarokar

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको मङ्गला गाउँपालिका –१, कुहुँको पैयुपाटास्थित बारीमा लगाइएको बदाम गोडमेल गर्दै किसानदेखि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन । डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

म्याग्दीको मङ्गला गाउँपालिका –१, कुहुँको पैयुपाटास्थित बारीमा लगाइएको बदाम गोडमेल गर्दै किसान ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन । डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा सहभागी हुने क्रममा ।अन्नपूर्ण आरोहण दिवस मनाउनका लागि पोखराबाट पर्वतको मोदी गाउँपालिका–४, लेसपारमा जाने तयारीमा सहभागी । ट्रेकिङ एजेन्सीज एशोसिएशन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले यस वर्ष अन्नपूर्ण आरोहण दिवस लेसपारमा गर्दैछ ।चन्द्रागिरि नगरपालिका वडा नं १, दहचोकबाट देखिएको काठमाडौँ उपत्यका ।राप्ती लोकमार्ग अन्तर्गत दाङको तुलसीपुर बजारमा कालोपत्रे गरिँदै । यसअघि बजारमै कालोपत्रे नहुँदा धुलाम्मे हुने गरेको थियो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको जिल्ला समन्वय समिति ताप्लेजुङको भवन ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, नाकोतेमा निर्माण भएको झोलुङ्गेपुल । पुल निर्माण भए लगत्तै गत वर्ष असार र साउनमा आएको बाढीले पुल बगाएपछि हेलम्बुका मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायतका स्थानीयवासीलाई तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्नुपर्ने बाध्यता थियो ।कैलालीको गोदावरी नगरपालिका–४ खैरानामा ट्युबवेल बोरिङको शिलान्यास गर्दै नगरप्रमुख वीरेन्द्र भट्ट ।नेपाली सेनाको पश्चिम कमाण्डपति उपरथी प्रेम शाही शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवनको ‘नमुना आकृति’ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै । सेनाले रु ७० लाख लागतमा चार कोठे भवन निर्माण गरेको हो ।म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा धानको बीउ काढ्दै किसान । म्याग्दीको उच्च पहाडी क्षेत्रमा धान रोपाँइ सुरु भएको छ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–४, बरंजा आरकुलीका किसान रेशम बूढाथोकीको नर्सरीमा हुर्किदै गरेका सुन्तलाका बिरुवा । बूढाथोकीको नर्सरीमा स्थानीय बाँसखर्क जातका ४० हजार सुन्तलाका बिरुवा रोप्न तयारी अवस्थामा छन् ।बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु. चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी