काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वि.सं २०७२ मा ठेक्का भएको नयाँपाटी–सुन्दरीजल सडक सात वर्षपछि कालोपत्रको तयारी गरिँदै । कालोपत्रको तयारी गर्नुअघि सात वर्षदेखि वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु पीडित हुँदै आएकादेखि घोराही– ६ का कृषकले पालेका बाख्रा । पछिल्लो समय दाङका कृषकले बाख्रा पालेर मनग्य आम्दानी गर्दै सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
वि.सं २०७२ मा ठेक्का भएको नयाँपाटी–सुन्दरीजल सडक सात वर्षपछि कालोपत्रको तयारी गरिँदै । कालोपत्रको तयारी गर्नुअघि सात वर्षदेखि वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु पीडित हुँदै आएका थिए ।घोराही– ६ का कृषकले पालेका बाख्रा । पछिल्लो समय दाङका कृषकले बाख्रा पालेर मनग्य आम्दानी गर्दै छन् ।
वर्षौंदेखि व्यक्तिगत प्रयोजनमा आएको कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा रहेको सिटी बसपार्कमा थुपारिएका निर्माण सामग्री हटाउँदै निर्माण व्यवसायी । नगरपालिकाले सात दिनभित्र सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि सार्वजनिकस्थलहरु खाली हुन थालेका छन् ।
पोखरा महानगरपालिका– ३३, बरमा क्रियाशील सिलिङ्गे महिला चेतना समूहको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको २०० वर्षभन्दा पुराना चौताराको निर्माणमा श्रमदान गर्दै स्थानीयवासी । समूहले यस क्षेत्रका प्राचीन सम्पदाको संरक्षणमा देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय बनेको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकाको दोभान बजार जोड्ने तमोर नदीमाथि निर्माण गरिएको मोटरेवल पुल ।
नौमती बाजामा प्रख्यात बागलुङ नगरपालिका–८ स्थित सिँगाना लामिचौर पञ्चेबाजा समूहमा आबद्ध युवा लक्ष्मण नेपालीलगायत युवा । नौमती बाजा लोप हुन खतरामा पुगेपछि संरक्षणका लागि यहाँका युवालाई नौमती बाजा सिकाइएको छ । यहाँ अधिकांश युवाले नौमती बजा बजाएर जीविकोपार्जन गर्दै आएका छन् ।
नेपाल सरकारको राष्ट्रिय योजना आयोगको बजेट र स्थानीय पालिका बागलुङ नगरपालिकाको समन्वयमा बागलुङ नगरपालिका–४ निरयघाट नजिकै निर्माण हुँदै गरेको वृद्धाश्रम ।
शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान खेतमा रोप्नका लागि तयार पारिएको धानको बेर्ना ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज स्नातक तहको आर्किटेक्चरका विद्यार्थीले तयार पारेको थेसिस प्रदर्शनी अवलोकन गर्दै नगरपालिकाका प्रमख सुनिल प्रजापति ।
चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुख जीवन खत्रीसहितको टोलीले अनुगमन गर्दै ।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटमा विश्व वातावरण दिवसको अवसरमा आइतबार समुदायलाई कैलाशफाँट धार्मिक वन हस्तान्तरण गरिँदै । १.०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन दर्ता गरेर हस्तान्तरण गरिएको हो ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा लटरम्म फलेको किवी ।
पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल । सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् ।
धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा बिक्रीका लागि राखिएका खरभुजा ।