×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : आयआर्जनका लागि आल्लोको कपडा बुन्दै उद्यमी महिला , कालीगण्डकी नदीमा पुल बनाउदैँ मजदुर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : आयआर्जनका लागि आल्लोको कपडा बुन्दै उद्यमी महिला , कालीगण्डकी नदीमा पुल बनाउदैँ मजदुर

Artha Sarokar

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४, अम्बिटारस्थित एक अल्लो उद्योगमा आयआर्जन गर्नका लागि सामूहिकरुपमा आल्लोको कपडा बुन्दै उद्यमी महिलादेखि पाल्पाको रामपुर– ८ र स्याङ्गजाको चापाकोट– ९ जोड्ने निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमा पुल बनाउने कार्यमा मजदुरी सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४, अम्बिटारस्थित एक अल्लो उद्योगमा आयआर्जन गर्नका लागि सामूहिकरुपमा आल्लोको कपडा बुन्दै उद्यमी महिला ।पाल्पाको रामपुर– ८ र स्याङ्गजाको चापाकोट– ९ जोड्ने निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमा पुल बनाउने कार्यमा मजदुरी । यहाँ भारत तथा नेपाली कामदार परिचालित छन् ।तनहुँको दमौली बजारमा बुधबार डोकोमा बिक्रीका लागि ल्याइएको तरकारी खरिद गर्दै सर्वसाधारण ।दार्चुलाको सबैभन्दा विकट क्षेत्र तिङ्करमा पहिलोपटक सञ्चार सेवा जडान । चीनसँगको सीमा नजिकै रहेको व्याँस गाउँपालिका– १ को तिङ्करमा नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत दुईवटा ल्यान्डलाइन फोन सेवा जोडिएको हो ।महाकाली नदीमाथि निर्माणाधीन पक्की पुल । पुल निर्माणको कार्य पूरा गर्नका लागि आव ०७९÷०८० का लागि सरकारले रु ४२ करोड बजेट विनियोजन गरेको छ ।म्याग्दीको बेनी नगरपालिका–९ घतानका कृषकलाई मौरीसहितको घार वितरण गरिँदै । कृषि ज्ञान केन्द्रको ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत १० घरधुरीलाई मौरीघार र १५ घरधुरी कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ ।कैलालीको टीकापुरमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइनमा बसेका वृद्धवृद्धा । बैङ्क खुलेको छैन तर वृद्धवृद्धा छिटो पालो पाउने आशामा बिहान ७ बजेबाट लामबद्धमा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी