काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका– १०, झलारी बजारमा सडक फाराकिलो पार्न घर भत्काउँदै गरेका मजदुर । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा आधुनिक सडक निर्माणको कार्य भइरहेकोदेखि म्याग्दीको बेनी नगरपालिका– २, स्थित बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट गाउँ संरक्षणका लागि म्याग्दी नदी किनारामा ग्याविन लगाइँदै सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
शुक्लाफाँटा नगरपालिका– १०, झलारी बजारमा सडक फाराकिलो पार्न घर भत्काउँदै गरेका मजदुर । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा आधुनिक सडक निर्माणको कार्य भइरहेको छ ।म्याग्दीको बेनी नगरपालिका– २, स्थित बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट गाउँ संरक्षणका लागि म्याग्दी नदी किनारामा ग्याविन लगाइँदै ।राजधानी काठमाडौँको पुतलीसडकमा सडक पेटीसम्म थुप्रिएको फोहर । पैदल यात्रु सडक पेटीमा थुपारिएको फोहर कुल्चेर हिँड्न बाध्य छन् ।। राजधानीमा लामो समयदेखि फोहर नउठ्दा जताततै फोहरको थुप्रो लागेको छ ।धनगढी उपमहानगरपालिका—३ स्थित मोहना नदी किनारमा रहेको फाप्ला मैदान । क्रिकेट रङ्गशाला निर्माण गर्न सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेको छ ।गोरखाको सिरानचोक गाउँपालिका-३, हर्मीका अभिभावक बिहिन एकै परिवारका चार जना बालबालिकालाई बुधबार मानवसेवा आश्रम गोरखाले आश्रय दिँदै ।कैलालीको टीकापुर– ७ स्थित आगलागीबाट जलेर नष्ट भएको घर । स्थानीय जौमती कडायत र मानबहादुर साउँदको आगलागीबाट घरगोठ जलेर नष्ट भएको छ । टीकापुरमा यसवर्ष आगलागीका ३१ घटना भएका छन् ।म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५, झिमा हाते ट्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै गरेका स्थानीय । ग्रामीण क्षेत्रमा समेत धान रोपाइँमा हाते ट्याक्टरको प्रयोग बढेको छ ।कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकको बीच भागमा हरियाली बनाउन वृक्षरोपण गर्दै कामदार ।कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा मेला भर्न आएका सन्त बाबा । आज गङ्गादशाराको दिन सो धार्मिकस्थलमा मेला लाग्ने गर्छ ।दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय नमूना मा.बि.को ७५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा थारु भेषभुषामा सजिएर नृत्य गर्ने तयारीमा रहेका विद्यार्थीहरु ।भक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिर अगाडिको घरको ऐतिहासक एवम् कलात्मक झ्यालबाट बाहिरको गतिविधि हेर्दै स्थानीयवासी ।भक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिर । ब्रम्हा, विष्णु र महेश्वर एकै पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पूजा गर्ने गरिन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर भक्तपुरका राजा यक्ष मल्ले बनाउन लगाएको हो । एउटै रुखबाट यो मन्दिर बनेको जनविश्वास रहेको छ । मन्दिरको अग्रस्थानमा दुई राजपूत पहलमान राखिएको छ ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी सांसद ।जिल्लाको इलाका प्रहरी कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलचौतराको सहयोमा पृथ्वी राजमार्ग सडकमा खाल्डाखुल्डी पुरिँदै । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५, २ र ४ को सिमना गाछेपानीसम्म करिब तीन किलोमिटर सडकको खाल्डाखुल्डी पुरी सवारी आगवनमा सहज बनाएको हो ।गङ्ङ्गादशाराका अवसरमा कैलालीको प्रसिद्ध धार्मिक तीर्थस्थल गोदावरीधाम क्षेत्रमा निर्मित कैवल्यनाथ मन्दिरमा बिहीबार पूजा आर्चनका लागि आएका भक्तजन ।तातोपानी सुख्खा बन्दरगाह भन्सार गोदाममा थन्किएको चीनसँगको उत्तरी तातोपानी नाकाबाट भित्रिएको ५० टन रासायनिक (युरिया) मल । भन्सार प्रक्रियाका लागि कागजात पेस नहुँदा मल भन्सारको गोदाममा थन्किएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ ।वर्षापछि गएराति खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोट–घोडाबाँधे सडक । लोकमार्गको ठाउँठाउँमा खसेका पहिरोका कारण सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ ।निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गर्दा आवातजावतमा समस्या । यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । गत असार १ को बाढीले पक्की पुल बगाएको थियो ।