काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै । यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारोदेखि मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु । वैकल्पिक सडकको रुपमा मेलम्ची– १०को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभयो । उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राबेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै । यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारो छ ।मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु । वैकल्पिक सडकको रुपमा मेलम्ची– १०को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभयो । उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राबेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन दिनुभयो ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि शुक्रबार दिउँसो अलपत्र सर्वसाधारण ।
लगातारको वर्षाले सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि भोटखोला गाउँपालिका जाने अवरुद्ध उत्तर–दक्षिण सडक ।
लमजुङ दोर्दी गाउँपालिकाको किसेदी खोलामा नवनिर्मित किसेदी खोला मोटरेबल पुल । पच्चीस मिटर लम्बाइ रहेको रु तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस पुलको निर्माणले सवारी साधन आवतजावत गर्नलाई सहज भएको छ ।
कैलालीको टीकापुर नगरपालिका–२ को जनशक्ति सामुदायिक वन क्षेत्रमा रहेको मूलपानीमा शुक्रबार गर्मी छ्ल्न पुगेका आन्तरिक पर्यटकको भीड । मूलपानीमा दैनिक पाँच सयदेखि एक हजार आन्तरिक पर्यटक गर्मी छल्नका लागि पुग्ने गरेका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक छेउबाट वारपार गर्दै सर्वसाधारण । सडक भासिँदा यातायात अवरुद्ध भएको छ ।
तनहुँको दमौलीबाट हेलिकप्टरमा गोरखाको बारपाकका ५२ वर्षीय बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाँदै । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित विद्युत् गृह नजिक वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि हेलिकप्टरबाट लगिएको हो ।
लमजुङ क्व्होलासोथर गाउँपालिका– १ का एक स्थानीयवासी कृषकले सडक छेउमै व्यावसायिकरुपमा पालेको मौरीपालन ।
बेलौरी नगरपाालिका–८, कलकत्ताका किसान करमसिंह रानाले तयार गरेको उन्नत जातका केराको नर्सरी । राना थारु केरा फर्म, नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरी करमले ६ वर्षदेखि किसानलाई सुपथ मूल्यमा केराको बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका चैपुरवा बगैँचामा आँप टिपेर कार्टुनमा राख्दै कामदार ।
पूर्वाधार विकास कार्यालय, म्याग्दीले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा निर्माण गरेको ८० मिटर लामो झोलुङ्गेपुल ।
गत असारमा बाढीले पुल बगाएपछि मेलम्चीबाट इन्द्रावती, पाँचपोखरी, शिखरपुर, ज्यामिरे जानका लागि ह्यूमपाइप राखेर बनाइएको अस्थायी पुल गए रातिको वर्षापछि आएको बाढीले र्पुयाएको क्षति । आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले क्षति र्पुयाएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ ।