काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीलेचैते धान काटेर थन्क्याउँदै दमक– १० का किसान । यतिखेर चैते धान खेती गरिआएका किसानलाई पाकेको धान थन्क्याउन चटारोदेखि डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–३, खहरे नजिक हिलाम्य सडक । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले यात्रुलाई सास्ती हुने सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
चैते धान काटेर थन्क्याउँदै दमक– १० का किसान । यतिखेर चैते धान खेती गरिआएका किसानलाई पाकेको धान थन्क्याउन चटारो छ ।
डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–३, खहरे नजिक हिलाम्य सडक । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले यात्रुलाई सास्ती हुने गरेको छ ।
सुन्दरीजलबाट चावहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरका पाइप बिच्छ्याइँदै । दोस्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो ।
चितवनको इच्छाकामना– ४, कुरिनटारस्थित त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रस्तुत गरिएको हो ।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा गुरुङ पोसाक लगाएका महिला पर्यटन व्यवसायी सामूहिक तस्बिर ।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माणाधीन आरसिसी ढलानवाला होटल । नवनिर्मित यस्ता ठूलठूला होटलहरुले गुरुङ समुदायको संस्कृतिको पहिचान हुने घान्द्रुकका ढुङ्गे छ्पनीका घरहरु विस्थापित हुँदै गएका छन् ।
सिद्धार्थराज मार्गअन्तर्गत पाल्पाको सिद्धबाबा नजिकैको जोखिम सडक । यो क्षेत्रमा बर्सेनि खस्ने पहिरोले मानवीय तथा भौतिक क्षति गर्दै आएको छ ।
तनहुँको व्यास नगरपालिका–११ स्थित शेरामा धान काटेर झार्दै किसान । जिल्लाका कृषक चैतेधान काटेर असारमा धान रोप्ने तयारीमा छन् ।
शुक्लाफाँटा नगरपालिका– ११ स्थीत श्रीकृष्ण सामुदायिक वनमा एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा निर्माण हुने फोहर मैला व्यवस्थापन केन्द्रको आइतबार अनुगमन गर्दै नगर प्रमुख रणबहादुर महरा, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट र क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर द्रोण कटुवाल । केन्द्र रु २६ करोड ७७ लाखको लागतमा ठेक्का पक्रियामार्फत २० महिनाभित्रै निर्माण कार्र्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी ।
कैलालीमा शनिबार आएको हावाहुरीले केरा खेतीमा पुर्याएको क्षति । हावाहुरीले सयौँ बिघाको केरा खेती नष्ट भएको छ । केरा किसान टेकेन्द्र धामीको केराबारीमा नष्ट भएका केराखेती ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्