काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कञ्चनपुरको महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्कीपुल कालोपत्रे गरिँदैदेखि म्याग्दीको बेनी नगरपालिका– २, बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट संरक्षणका लागि नदी किनारामा लगाइएको ग्याबिन जाली सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
कञ्चनपुरको महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्कीपुल कालोपत्रे गरिँदै ।
म्याग्दीको बेनी नगरपालिका– २, बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट संरक्षणका लागि नदी किनारामा लगाइएको ग्याबिन जाली ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, सावा गाउँका किसानले लागएको अलैँची बगान । अलैँची अहिले फुल खेल्ने क्रममा रहेको छ । असोज महिनामा फल टिप्ने सिजन सुरु हुन्छ ।
सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा आगलागी भएको घर बारुणयन्त्रको सहयोगबाट निभाउने प्रयास गरिँदै ।
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवास्थित धान खेत । असारमा रोपाइँ गर्नका लागि यहाँका किसानले चैतमा लगाइएको धान काट्न सुरु गरेका छन् ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन पक्की पर्खाल ।
भक्तपुर नगरपालिका वडा नं ५, भेलुखेलस्थित सार्वजनिक क्षेत्रमा सरसफाइ गरिँदै ।
रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिका– ८, खराङका एक बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको यस क्षेत्रका नागरिकको प्राण मुठीमा अल्झिएको पाइन्छ । समयमा अस्पताल पु¥याउन सके ज्यान जोगियो नत्र कतिपयले स्ट्रेचरमै ज्यान गुमाएका उदाहरण रुकुम(पूर्व) मा पाउन सकिन्छ ।
लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीस्थित नवनिर्मित भवनबाट देखिएकोे काठमाडौँको नक्सालमा रहेको कमल पोखरी ।
रामपुर नगरपालिका– ५ स्थित राङभाङमा उत्पादन गरिएको साइलेज बजार लैजाने तयारी । बोटसहितको मकैलाई यन्त्रबाट प्रशोधन गरेर तयार पारिएको साइलेज पशु आहारका लागि राम्रो मानिन्छ ।
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत असार १ गतेको बाढीले २६ जनाको निधन भयो भने धेरै भौतिक सम्पत्ति क्षति गर्यो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्ला घोषणा गरेपनि खासै काम भएन । बस्ति संरक्षण, स्थानान्तरण र पुनःनिर्माणको थुप्रै कुराहरु उठे पनि अहिलेसम्म काम सुरु नहुनुले विपद्बाट प्रभावित चिन्तित छन् ।
काठमाडौँको कमलपोखरीस्थित लोक सेवा आयोगको नवनिर्मित भवन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्